मलाकी 3:8-12

मलाकी 3:8-12 NNRV

“के कुनै मानिसले परमेश्‍वरलाई लुट्‌छ र? तापनि तिमीहरू मलाई लुट्‌दछौ। “तर तिमीहरू सोध्‍छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा। सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्‍पूर्ण जातिले। सम्‍पूर्ण दशांश ढुकुटीमा ल्‍याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म स्‍वर्गका ढोकाहरू उघारेर पर्याप्‍त ठाउँ पनि नहुनेसम्‍मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “म तिमीहरूका अन्‍नबाली स्‍वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्‍य भन्‍नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।