लूका 9:57-62

लूका 9:57-62 NNRV

उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्‍यो, “हे प्रभु, तपाईं जता जानुहुन्‍छ म तपाईंको पछि लाग्‍नेछु।” तब येशूले त्‍यसलाई भन्‍नुभयो, “स्‍यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्‍ने ठाउँ पनि छैन।” उहाँले अर्कोलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर त्‍यसले भन्‍यो, “पहिले मेरा बाबुलाई गाड्‌न जान दिनुहोस्‌।” उहाँले त्‍यसलाई भन्‍नुभयो, “मुर्दाहरूलाई आफ्‍नै मुर्दा गाड्‌न देओ, तर तिमी गएर परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गर।” अर्काले पनि भन्‍यो, “प्रभु, म तपाईंको पछि लाग्‍नेछु, तर पहिले आफ्‍नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्‌।” तर येशूले त्‍यसलाई भन्‍नुभयो, “आफ्‍नो हात हलोमा लगाएर पछिल्‍तिर हेर्ने कोही पनि परमेश्‍वरका राज्‍यको योग्‍यको हुँदैन।”

लूका 9:57-62 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति