लूका 9:57-59

लूका 9:57-59 NNRV

उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्‍यो, “हे प्रभु, तपाईं जता जानुहुन्‍छ म तपाईंको पछि लाग्‍नेछु।” तब येशूले त्‍यसलाई भन्‍नुभयो, “स्‍यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्‍ने ठाउँ पनि छैन।” उहाँले अर्कोलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर त्‍यसले भन्‍यो, “पहिले मेरा बाबुलाई गाड्‌न जान दिनुहोस्‌।”

लूका 9:57-59 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति