लूका 9:43-45

लूका 9:43-45 NNRV

परमेश्‍वरको महानता देखेर तिनीहरू सबै छक्‍क परे। येशूले गर्नुभएको प्रत्‍येक काममा सबै जना छक्‍क परेका देखेर, उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्‍छेहरूका हातमा पक्राउ पर्न आँटेको छ।” तर तिनीहरूले यो कुरा बुझेनन्‌। किनकि यो तिनीहरूले नबुझून्‌ भनेर तिनीहरूबाट गुप्‍त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्‍न डराउँथे।