एक पल्ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?” तिनीहरूले भने, “कसैले बप्तिस्मा-दिने यूहन्ना भन्छन्, कसैले एलिया, र अरूहरूले भन्छन्, पहिलेका कोही अगमवक्ताहरूमध्ये एक जना फेरि उठेका छन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्वरका ख्रीष्ट!” तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्। अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ।” तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ। किनकि सारा जगत् प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र? तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ। तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिनेहरू कोही-कोही छन्, जसले परमेश्वरको राज्य देख्न अघि मृत्यु चाख्नेछैनन्।”
लूका 9 पढ्नुहोस्
सुन्नुहोस् लूका 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 9:18-27
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू