लूका 9:18-22

लूका 9:18-22 NNRV

एक पल्‍ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्‌?” तिनीहरूले भने, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना भन्‍छन्, कसैले एलिया, र अरूहरूले भन्‍छन्, पहिलेका कोही अगमवक्ताहरूमध्‍ये एक जना फेरि उठेका छन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्‍वरका ख्रीष्‍ट!” तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्‌। अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट बहिष्‍कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्‌नेछ।”