लूका 8:9-15

लूका 8:9-15 NNRV

उहाँका चेलाहरूले यस दृष्‍टान्‍तको अर्थ के हो भनी उहाँलाई सोधे। उहाँले भन्‍नुभयो, “तिमीहरूलाई त परमेश्‍वरका राज्‍यको भेद जान्‍ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्‍टान्‍तमा बोल्‍दछु, कि ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्‌।’ अब दृष्‍टान्‍त यो हो: बीउचाहिँ परमेश्‍वरको वचन हो। बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर वचन सुनेर विश्‍वास नगरून्‌ र नबाँचून्‌ भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्‍छ। ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्‍यो ग्रहण गर्छन्‌। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्‍वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्‍छ। काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्, र तिनका फल पाक्‍न पाउँदैनन्‌। तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।