लूका 8:14-15

लूका 8:14-15 NNRV

काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्, र तिनका फल पाक्‍न पाउँदैनन्‌। तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।