लूका 8:12-14

लूका 8:12-14 NNRV

बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर वचन सुनेर विश्‍वास नगरून्‌ र नबाँचून्‌ भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्‍छ। ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्‍यो ग्रहण गर्छन्‌। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्‍वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्‍छ। काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्, र तिनका फल पाक्‍न पाउँदैनन्‌।