लूका 7:37-38

लूका 7:37-38 NNRV

त्‍यस सहरमा एउटी पापी स्‍त्री थिई। फरिसीको घरमा येशू खान बस्‍नुभएको छ भन्‍ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्‍यो त्‍यहाँ आई, र पछिल्‍तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्‍नो शिरका कपालले पुछ्‌दै उहाँका पाउलाई चुम्‍बन गरी, र त्‍यो अत्तर घस्‍न लागी।