शबाथ-दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदैहुनुहुन्थ्यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्दै खान लागे। तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ?” येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे? कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।”
लूका 6 पढ्नुहोस्
सुन्नुहोस् लूका 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 6:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू