लूका 5:27-35

लूका 5:27-35 NNRV

अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे। लेवीले आफ्‍नो घरमा उहाँको निम्‍ति ठूलो भोजको आयोजन गरे। त्‍यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्‍यामा उहाँहरूसँग भोजमा बसेका थिए। फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?” तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्‍ति बोलाउन आएको हुँ।” तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू बारम्‍बार उपवास बस्‍तछन्‌ र प्रार्थना गर्दछन्‌। फरिसीहरूका चेलाहरू पनि त्‍यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्‍छन्‌ र पिउँछन्‌।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा साथमा छउञ्‍जेल जन्‍तीहरूलाई उपवास बस्‍न लाउन सक्‍छौ? तर यस्‍ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्‌। तब तिनीहरू ती दिनमा उपवास बस्‍नेछन्‌।”