लूका 4:18-20

लूका 4:18-20 NNRV

“परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति, र परमप्रभुका प्रसन्‍नताको वर्ष घोषणा गर्नका निम्‍ति उहाँले मलाई पठाउनुभएको छ।” उहाँले पुस्‍तक बन्‍द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्‍नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्‍यो।