लूका 24:9-11

लूका 24:9-11 NNRV

अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई बताए। ती स्‍त्रीहरूचाहिँ, मरियम मग्‍दलिनी, योअन्‍ना, र याकूबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्‍त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने। तर तिनीहरूले यी कुरा वाहियात हुन्‌ भन्‍ठाने, र तिनीहरूले विश्‍वास गरेनन्‌।