लूका 24:28-35

लूका 24:28-35 NNRV

तिनीहरू जुन गाउँमा गइरहेका थिए त्‍यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्‍तो गर्नुभयो। तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्‍यो, र दिन धेरै ढल्‍किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्‍नलाई घरभित्र पस्‍नुभयो। जब येशू तिनीहरूसँग खान बस्‍नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्‍नुभयो। तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्‍टिबाट अल्‍पिनुभयो। तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्‍वलित भएको थिएन र?” तिनीहरू त्‍यति नै बेला उठेर यरूशलेममा फर्के, र एघार चेला र तिनीहरूसँग जम्‍मा भएकाहरूलाई भेटे, र तिनीहरूलाई यसो भने, “प्रभु साँच्‍चै नै जीवित भई उठ्‌नुभएछ र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।” तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्‍दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए।