लूका 24:28-29

लूका 24:28-29 NNRV

तिनीहरू जुन गाउँमा गइरहेका थिए त्‍यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्‍तो गर्नुभयो। तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्‍यो, र दिन धेरै ढल्‍किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्‍नलाई घरभित्र पस्‍नुभयो।