लूका 24:17-21

लूका 24:17-21 NNRV

उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू हिँड्‌दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्‍क अड़िए। ती दुईमध्‍ये क्‍लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्‍यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्‍थ्‍यो, र परमेश्‍वर र सबै मानिसहरूका सामुन्‍ने काम र वचनमा शक्तिशाली हुनुहुन्‍थ्‍यो। तर मुख्‍य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्‍युदण्‍डको निम्‍ति सुम्‍पिदिए, र उहाँलाई क्रूसमा टाँगे। इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्‍छ भन्‍ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो।