योसेफ नाउँ भएका एक जना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए। उनले तिनीहरूका सल्लाह र कार्यमा सम्मति दिएका थिएनन्। उनी यहूदीहरूका अरिमाथिया सहरका मानिस थिए। उनी परमेश्वरका राज्यको बाटो हेर्दैथिए। उनले पिलातसकहाँ गएर येशूको लाश मागे, उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे, र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे, जहाँ कहिल्यै कोही राखिएको थिएन। त्यो तयारीको दिन थियो, अनि शबाथ सुरु हुनै लागेको थियो। गालीलबाट उहाँको साथमा आउने स्त्रीहरू पछिपछि गए, र त्यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे। तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे। अनि व्यवस्थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे।
लूका 23 पढ्नुहोस्
सुन्नुहोस् लूका 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 23:50-56
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू