लूका 23:44-47

लूका 23:44-47 NNRV

प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले ढाक्‍यो। सूर्यको तेजै कम भयो, र मन्‍दिरको पर्दा माझमा च्‍यातिएर दुई भाग भयो। उच्‍च सोरले कराएर येशूले भन्‍नुभयो, “हे पिता, म मेरो आत्‍मा तपाईंको हातमा सुम्‍पन्‍छु।” यति भनेर उहाँले आफ्‍नो प्राण त्‍यागिदिनुभयो। यो सब घटना देखेर कप्‍तानले यसो भन्‍दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी धार्मिक मानिस थिए।”

लूका 23:44-47 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति