लूका 23:40-42

लूका 23:40-42 NNRV

तर त्‍यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्‍यही दण्‍डमा परेको छस्, तापनि परमेश्‍वरको डर मान्‍दैनस्‌? हाम्रो दण्‍ड त न्‍यायोचित छ, किनकि हामीले त आफ्‍नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्‌।” तब त्‍यसले भन्‍यो, “हे येशू, तपाईं आफ्‍नो राज्‍यमा आउनुहुँदा मलाई सम्‍झनुहोस्‌।”

लूका 23:40-42 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति