मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्यो। त्यसमा स्त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए। तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “यरूशलेमका छोरी हो, मेरो निम्ति नरोओ, तर तिमीहरू आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्नेछन्, ‘धन्य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू।’ तब तिनीहरूले पहाड़हरूलाई ‘हामीमाथि खस्’ र डाँड़ाहरूलाई ‘हामीलाई छोप’ भन्न लाग्नेछन्। किनकि तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन् भने, सुक्खा हुँदा के गर्लान्?” अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। अनि येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले। मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्वरका ख्रीष्ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्।” सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्ला गरे, “तँ यहूदीहरूका राजा होस् भने आफूलाई बचा।” “यो यहूदीहरूको राजा हो” भन्ने दोष-पत्र पनि उहाँको मास्तिर थियो।
लूका 23 पढ्नुहोस्
सुन्नुहोस् लूका 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 23:27-38
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू