लूका 23:27-31

लूका 23:27-31 NNRV

मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्‍यो। त्‍यसमा स्‍त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए। तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरी हो, मेरो निम्‍ति नरोओ, तर तिमीहरू आफ्‍नै निम्‍ति र आफ्‍ना छोराछोरीका निम्‍ति रोओ। किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्‍नेछन्, ‘धन्‍य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्‍त्रीहरू।’ तब तिनीहरूले पहाड़हरूलाई ‘हामीमाथि खस्‌’ र डाँड़ाहरूलाई ‘हामीलाई छोप’ भन्‍न लाग्‍नेछन्‌। किनकि तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन्‌ भने, सुक्‍खा हुँदा के गर्लान्‌?”