लूका 22:67-71

लूका 22:67-71 NNRV

र भने, “तँ ख्रीष्‍ट होस्‌ भने हामीलाई भन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्‍याउनुहुन्‍न। मैले प्रश्‍न गरे भने पनि तपाईंहरू जवाफ दिनुहुन्‍न। तर अब मानिसको पुत्र परमेश्‍वरका शक्तिको दाहिनेपट्टि बस्‍नेछ।” तब तिनीहरू सबैले भने, “त्‍यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्‌?” उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्‍नुहुन्‍छ, म उही हुँ।” तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्‍यकता छ र? किनकि हामीले त्‍यसकै मुखबाट सुनिहाल्‍यौं।”