बाहिर निस्केर सदाझैँ उहाँ जैतून डाँड़ामा जानुभयो, र उहाँका चेलाहरू पनि पछिपछि लागे। त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।” उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो, “हे पिता, तपाईंको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्। तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।” तब स्वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे। अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए। प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो।
लूका 22 पढ्नुहोस्
सुन्नुहोस् लूका 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 22:39-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू