अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यो पूरा नहोउञ्जेल म यो भोज फेरि खानेछैनँ।” तब कचौरा लिएर धन्यवाद चढ़ाउनुभएपछि उहाँले भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआउञ्जेल अब उप्रान्त अङ्गुरको रस म पिउनेछैनँ।” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ। किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।”
लूका 22 पढ्नुहोस्
सुन्नुहोस् लूका 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 22:14-22
९ दिन
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू