लूका 21:29-38

लूका 21:29-38 NNRV

उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “अञ्‍जीरको रूख र सबै रूखहरूलाई हेर, तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्‍म ऋतु नजिकै छ। त्‍यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्‍छौ, तब परमेश्‍वरको राज्‍य नजिकै छ भनी जान। “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबै घटना पूरा नभएसम्‍म यो पुस्‍ता बितिजानेछैन। आकाश र पृथ्‍वी बितिजानेछन्, तर मेरा वचन बित्‍नेछैनन्‌। “तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला। किनकि यसरी नै सारा पृथ्‍वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ। तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।” येशूले दिउँसो मन्‍दिरमा शिक्षा दिनुहुन्‍थ्‍यो, र रातीचाहिँ निस्‍केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्‍थ्‍यो। उहाँको वचन सुन्‍नलाई सबै मानिसहरू बिहानै मन्‍दिरमा आउँथे।