“सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू सङ्कष्टमा परी व्याकुल हुनेछन्। संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन्। जब यी कुरा हुन थाल्छन् तब खड़ा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।” उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: “अञ्जीरको रूख र सबै रूखहरूलाई हेर, तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्म ऋतु नजिकै छ। त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान। “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै घटना पूरा नभएसम्म यो पुस्ता बितिजानेछैन। आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचन बित्नेछैनन्। “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैँ आइपर्ला। किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ। तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।” येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र रातीचाहिँ निस्केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्थ्यो। उहाँको वचन सुन्नलाई सबै मानिसहरू बिहानै मन्दिरमा आउँथे।
लूका 21 पढ्नुहोस्
सुन्नुहोस् लूका 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 21:25-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू