तर उहाँले तिनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाऊदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्? किनकि भजनको पुस्तकमा दाऊद आफै भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ’।” यसरी दाऊदले उनलाई ‘प्रभु’ भन्दछन् भने, फेरि उनी कसरी दाऊदका पुत्र भए?” अनि सबै मानिसहरूले सुन्दैगर्दा उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “लामो पोशाक पहिरेर यताउति हिँड्ने, र बजारमा अभिवादन खोज्ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउने शास्त्रीहरूदेखि होशियार रहो। तिनीहरूले विधवाहरूका घर हड़प गर्छन्, र लामो देखावटी प्रार्थना गर्छन्। यिनीहरूले नै बढ़ी दण्ड पाउनेछन्।”
लूका 20 पढ्नुहोस्
सुन्नुहोस् लूका 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 20:41-47
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू