त्यसपछि उहाँकहाँ केही सदुकीहरू आए। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्तान मर्यो भने, भाइचाहिँले त्यसकी पत्नीलाई विवाह गरी दाज्यूको सन्तान खड़ा गरिदिनुपर्छ। सात भाइ थिए। जेठोले एउटी पत्नी ल्याएर निस्सन्तान मर्यो, र माहिलोले र साहिँलोले त्यसलाई विवाह गरे र त्यसै गरी ती सातै जना निस्सन्तान मरे। पछिबाट त्यो स्त्री पनि मरी। यसकारण मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुन्छे? किनकि त्यो सातै जनाकी पत्नी भएकी थिई।” येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्छन्। तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्। तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरूसमान हुन्, र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्। तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए। उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।” अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले असलै भन्नुभयो।” त्यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्न सोध्ने आँट गरेन।
लूका 20 पढ्नुहोस्
सुन्नुहोस् लूका 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 20:27-40
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू