अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे। शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्। अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ।” आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्सँग बसेकी थिइन्। अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्। त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्। जब तिनीहरूले परमप्रभुको व्यवस्थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्नै सहर नासरतमा फर्के। बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदैजानुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो।
लूका 2 पढ्नुहोस्
सुन्नुहोस् लूका 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:33-40
7 दिनहरू
हाम्रो "क्रिसमस तपाईको हृदयमा छ" डिजिटल अभियानको साथ क्रिसमसको वास्तविक भावनाको अनुभव लिनुहोस्! यस विशेष कार्यक्रमले तपाईंलाई व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी, र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै लुमो क्रिसमस फिल्मबाट प्रेरणादायी क्लिपहरू सहित येशूको कथा पत्ता लगाउन दिन्छ। धेरै भाषाहरूमा प्रस्ताव गरिएको, यसले सबै पृष्ठभूमिका मानिसहरूलाई सबै मौसमहरूमा यो रमाइलो अनुभव साझा गर्न एकसाथ ल्याउँछ।
14 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू