लूका 2:33-38

लूका 2:33-38 NNRV

अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्‍क परे। शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्‍थानको निम्‍ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्‍हको निम्‍ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्‌। अनि तरवारले तिम्रो आफ्‍नै हृदय पनि छेड्‌नेछ।” आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌। अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्‌। तिनले मन्‍दिर छोड्‌दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्‌। त्‍यही बेला तिनले आएर परमेश्‍वरलाई धन्‍यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्‌।

लूका 2:33-38 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति