लूका 2:25-32

लूका 2:25-32 NNRV

यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्‍त्‍वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्‍मा उनीमाथि हुनुहुन्‍थ्‍यो। “परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्‍म तिमी मर्नेछैनौ” भन्‍ने प्रकाश उनले पवित्र आत्‍माबाट पाएका थिए। उनी पवित्र आत्‍माको प्रेरणामा मन्‍दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्‍ति व्‍यवस्‍थाअनुसारको विधि गर्नलाई मन्‍दिरभित्र ल्‍याए, तब उनले उहाँलाई आफ्‍नो काखमा लिए, र परमेश्‍वरलाई धन्‍यवाद दिएर भने, “अब हे परमप्रभु, आफ्‍नो वचनअनुसार तपाईंले आफ्‍नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस्‌। किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्, जो तपाईंले सबै मानिसहरूका सामुन्‍ने तयार पार्नुभएको छ, अन्‍यजातिहरूलाई प्रकाशको निम्‍ति ज्‍योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्‍ति ज्‍योति।”

लूका 2:25-32 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति