लूका 2:16-20

लूका 2:16-20 NNRV

तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्‍नेहरू सबै आश्‍चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्‍दै मनैमा राखिन्‌। जस्‍तो तिनीहरूलाई भनिएको थियो त्‍यस्‍तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्‍वरको महिमा र स्‍तुति गर्दै गोठालाहरू फर्के।

लूका 2:16-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति