लूका 18:38-42

लूका 18:38-42 NNRV

तब त्‍यो यसो भन्‍दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌!” अगिअगि हिँड्‌नेहरूले त्‍यसलाई चूप लाग्‌ भनेर हप्‍काए, तर त्‍यो झन्‌ साह्रो करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌!” येशू अड़िनुभयो, र त्‍यसलाई आफूकहाँ ल्‍याउने आज्ञा गर्नुभयो। त्‍यो नजिक आएपछि उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तिमी के चाहन्‍छौ? म तिम्रो निम्‍ति के गरूँ?” त्‍यसले भन्‍यो, “प्रभु, म देख्‍न सकूँ”। तब येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी देख्‍ने भइजाऊ। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”