लूका 17:33-37

लूका 17:33-37 NNRV

जसले आफ्‍नो प्राण बचाउन खोज्‍दछ, त्‍यसले सो गुमाउनेछ, र जसले आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो सुरक्षित राख्‍नेछ। म तिमीहरूलाई भन्‍दछु, त्‍यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्‌। एक जना लगिनेछ र अर्को छोडिनेछ। दुई जना स्‍त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्‌। एउटी लगिनेछे, अर्की छोडिनेछे। [दुई जना मानिस खेतमा हुनेछन्, एक जना लगिनेछ, अर्कोचाहिँ छोडिनेछ।”] अनि तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनु छ, गिद्धहरू त्‍यहाँ भेला हुन्‍छन्‌।”