“तब त्यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’ “उसले भन्यो, ‘तीन हजार लिटर तेल।’ “तब व्यवस्थापकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँड़ै बसेर पन्ध्र सय लिटर लेख।’ “त्यसपछि त्यसले अर्कालाई भन्यो, ‘तिम्रो ऋण कति छ?’ “उसले भन्यो, ‘तीन सय पचास क्विन्टल गहूँ।’ त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र तीन सय क्विन्टल लेख।’ “अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारीफ गर्यो किनकि त्यसले चतुर्याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढ़ी चतुर हुन्छन्। म तिमीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाओ, र जब त्यो धन शेष हुन्छ, तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्। “जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ। यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र? “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।” धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ, परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ।
लूका 16 पढ्नुहोस्
सुन्नुहोस् लूका 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 16:5-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू