लूका 16:2-3

लूका 16:2-3 NNRV

तब मालिकले त्‍यसलाई बोलाएर भन्‍यो, ‘तेरो विषयमा म जे सुन्‍दैछु त्‍यो के हो? व्‍यवस्‍थापकको तेरो कामको हिसाब मलाई दे। अब उप्रान्‍त तँ व्‍यवस्‍थापक रहनेछैनस्‌।’ “तब व्‍यवस्‍थापकले आफ्‍नो मनमनै भन्‍यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्‍यवस्‍थापकको काम खोस्‍न लागेका छन्‌। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्‍न मलाई लाज लाग्‍छ।