लूका 15:4-7

लूका 15:4-7 NNRV

“तिमीहरूमध्‍ये कुन मानिस होला, जसको एक सय भेड़ामध्‍ये एउटा हराउँदा उनान्‍सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्‍जेल त्‍यसको खोजी गर्दैन? हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्‍यसलाई आफ्‍नो काँधमा राख्‍छ, र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’ म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ।