लूका 15:13-16

लूका 15:13-16 NNRV

“धेरै दिन बित्‍दा नबित्‍दै सबै धन-सम्‍पत्ति बटुलेर कान्‍छो छोरो टाढ़ा देशमा गयो, र त्‍यहाँ भोग-विलासमा आफ्‍नो सम्‍पत्ति उड़ायो। त्‍यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्‍यसै बेला त्‍यस देशमा ठूलो अनिकाल पर्‍यो, र त्‍यसलाई अभाव हुन थाल्‍यो। त्‍यो गयो, र त्‍यस देशको एक जना नागरिककहाँ त्‍यसले काम माग्‍यो। उसले त्‍यसलाई आफ्‍नो खेतमा सुँगुरहरू चराउन पठायो। सुँगुरले खाने चारोले त्‍यसले आफ्‍नो पेट भर्न चाहन्‍थ्‍यो, अनि कसैले त्‍यसलाई केही दिँदैनथियो।