लूका 14:26-28

लूका 14:26-28 NNRV

“यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन। जुन व्‍यक्ति आफ्‍नो क्रूस बोकेर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन। “तिमीहरूमध्‍ये कसैले एउटा धरहरा बनाउने इच्‍छा गर्छ भने, त्‍यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्‍यसले पहिले नै बसेर हिसाब लाउँदैन र?