लूका 12:47-48

लूका 12:47-48 NNRV

“आफ्‍नो मालिकको इच्‍छा जानेर तयार नरहने र तिनको इच्‍छाबमोजिम नगर्ने दासले चाहिँ ज्‍यादै पिटाइ खानेछ। तर मालिकको इच्‍छा नजानेर पिटाइ खाने योग्‍यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्‍येक जसलाई धेरै दिइएको छ, त्‍यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्‍पिएको छ, त्‍यसबाट अझ बढ़ी लिइनेछ।