लूका 12:4-7

लूका 12:4-7 NNRV

“मेरा मित्र हो, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन्, तर त्‍यसपछि अरू केही गर्न सक्‍दैनन्‌। तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्‍दछु, तिनीदेखि नै डराओ। के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्‌। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ़ी मोलका छौ।