लूका 12:18-21

लूका 12:18-21 NNRV

तब त्‍यसले भन्‍यो, ‘म यसो गर्नेछु— आफ्‍ना ढुकुटीहरू भत्‍काएर झन्‌ ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्‍यहीँ राख्‍नेछु। अनि म आफ्‍नो प्राणलाई भन्‍नेछु, “ए प्राण, धेरै वर्षसम्‍म पुग्‍ने प्रशस्‍त सम्‍पत्ति तेरो निम्‍ति थुप्रिएको छ। सुख-चैनमा बस्‌। खा, पि, र मोज गर्‌’।” “तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्‍नो निम्‍ति थुपारेको छस्, ती कसको हुने?’ “आफ्‍नो निम्‍ति धन-सम्‍पत्ति थुपार्ने, तर परमेश्‍वरको दृष्‍टिमा धनी नहुने मान्‍छेको अवस्‍था यस्‍तै हुन्‍छ।”