लूका 12:16-19

लूका 12:16-19 NNRV

उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो। त्‍यसले मनमनै गुन्‍न लाग्‍यो, ‘मेरो अन्‍न राख्‍ने ठाउँ मसित छैन, अब म के गरूँ?’ तब त्‍यसले भन्‍यो, ‘म यसो गर्नेछु— आफ्‍ना ढुकुटीहरू भत्‍काएर झन्‌ ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्‍यहीँ राख्‍नेछु। अनि म आफ्‍नो प्राणलाई भन्‍नेछु, “ए प्राण, धेरै वर्षसम्‍म पुग्‍ने प्रशस्‍त सम्‍पत्ति तेरो निम्‍ति थुप्रिएको छ। सुख-चैनमा बस्‌। खा, पि, र मोज गर्‌’।”