लूका 11:37-44

लूका 11:37-44 NNRV

येशू बोलिसक्‍नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्‍तो गरे। उहाँ घरभित्र पसेर खान बस्‍नुभयो। तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्‍क परे। तर प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्‍दछौ, तर तिमीहरूको भित्रचाहिँ लूट र दुष्‍टताले भरिएको हुन्‍छ। मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्‍यसले नै भित्रको पनि बनाएको होइन र? तर भित्रका थोक दान स्‍वरूप देओ, र तिम्रो निम्‍ति सबै कुरा शुद्ध हुनेछ। “तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्‍छौ, तर न्‍याय र परमेश्‍वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो। “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्‍यमुख्‍य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू ती चिहानहरू जस्‍ता छौ, जो देखिँदैनन्, अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्‌छन्‌।”