भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्नुभयो, “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक यसलाई अरू कुनै चिन्ह दिइनेछैन। किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्ति चिन्ह भएथे, त्यही रीतिले मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ। न्यायमा यस पुस्ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउबाट सोलोमनको बुद्धि सुन्नलाई आएकी थिइन्। तर हेर, यहाँ एक जना छ, जो सोलोमनभन्दा महान् छ। निनवेका मानिसहरूले न्यायमा यस पुस्तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्दा महान् छ।
लूका 11 पढ्नुहोस्
सुन्नुहोस् लूका 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 11:29-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू