लूका 10:33-36

लूका 10:33-36 NNRV

तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो। र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो। भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।” येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”