लूका 10:30-33

लूका 10:30-33 NNRV

येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए। संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो। त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।