लूका 10:3-11

लूका 10:3-11 NNRV

जाओ, हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु। न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर। “जुन घरमा पस्‍छौ पहिले भन, ‘यस घरलाई शान्‍ति होस्‌!’ यदि त्‍यहाँ शान्‍तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्‍ति त्‍यससँग रहनेछ, तर रहेनछ भने त्‍यो शान्‍ति तिमीहरूकहाँ नै फर्किआउनेछ। तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्‍यसै घरमा बस। किनभने खेताला आफ्‍नो ज्‍यालाको योग्‍य हुन्‍छ। घर-घर नपसी हिँड़। “जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ, त्‍यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्‍वरको राज्‍य तिमीहरूका नजिक आइपुगेको छ।’ तर जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्दैनन्, तब निस्‍केर त्‍यस सहरका सड़कहरूमा जाओ, र भन, ‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्‍याउँछौं। तापनि यो जान, कि परमेश्‍वरको राज्‍य नजिकै आइपुगेको छ।’