लूका 10:25-28

लूका 10:25-28 NNRV

व्‍यवस्‍थाका एक जना पण्‍डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्‍न गरे, “गुरुज्‍यू, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” उहाँले तिनलाई भन्‍नुभयो, “व्‍यवस्‍थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?” तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।” उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्‍यसै गर, र तिमी जिउनेछौ।”